दंगालको हत्यामा संलग्न ७ जना पक्राउ

मकवानपुर, २१ चैत ।
मकवानपुरकाे बागमती- ८ भुवनचुलीमा हेटौंडा उपमहानगरपालिका- १६ का मिलन दंगाल मृत भेटिएकाे घटनामा संलग्न रहेका ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार भुवनचुली देउडीभञ्ज्याङस्थित हेटौंडा-धरान-चतरा सडकको नालीमा ३८ वर्षीय दंगाल मृत भेटिएका थिए । घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको शव रगतले लतपतिएको, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकाे थियाे । घटना शंकास्पद देखिएपछि मकवानपुर प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याउन ७ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका-३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावरी नगरपालिका-१२ का २४ वर्षीय किसन दानी, बाराको निजगढ नगरपालिका-३ का १९ वर्षीया सुस्मिता तामाङ, सिन्धुलीको मरिण गाउँपालिका-७ का २० वर्षीया शर्मिला मोक्तान तथा १९ वर्षीया रोजिना मोक्तान र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ का २८ वर्षीय सुजन पौडेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनीहरूविरूद्ध अदालतबाट ज्यानसम्बन्धी मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए । घटनास्थल पुगेका परिवार र आफन्तले घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने भन्दै धरान चतरा सडकखण्ड अवरुद्ध गरेका थिए । मकवानपुर प्रहरी प्रवक्ता अर्यालले घटनालाई मसिनो तरिकाले अनुसन्धान गरिएको तथा अन्य संलग्न छन् कि छैनन् बारे अनुसन्धान भइरहेको छ । हत्याको कारण छिट्टै बाहिर आउने समेत जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट