काठमाडौँ, १८ चैत ।
त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ८ मतले उछिनेका हुन् भएका हुन् ।
जोशीले ७ सय ८९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहाल र स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले क्रमशः ७ सय २७ र ५ सय १७ मत प्राप्त गरे । अध्यक्ष पदकै अर्का उम्मेदवार पद्मा भुसालले १ सय ६६ मत प्राप्त गरिन् ।
स्ववियुका अन्य पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् । त्रिवि विश्वविद्यालयमा क्याम्पसमा जम्मा मतदाता संख्या ६ हजार १ सय ४६ रहेका थिए जसमध्ये सोमबार ३ हजार १ सय १८ विद्यार्थीले मतदान गरेका थिए ।




