बागमती प्रदेशमा २०८२ सालमा ४ सार्वजनिक बिदा थप

मकवानपुर, १८ चैत । बागमती प्रदेश सरकारले २०८२ सालमा थप ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । सोमबारकाे प्रदेश मन्त्रिपरिषद् बैठकले थप ४ दिन बिदा दिने निर्णय गरेकाे हाे । विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी ४ दिनको बिदा थप गर्ने निर्णय गरिएको छ’ प्रदेश सरकारका प्रवक्ता एवम् […]

एमाले मकवानपुरद्वारा हेटौंडामा जागरणसभा

मकवानपुर, १८ चैत । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । एमालेले सोमवार जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौँडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण सभा गरेको हो । हेटौँडाका मुख्य सडकहरु सानो पोखरा चोक, फरेष्ट्री चोक, राप्ती रोड र चौकीटोलको चारवटा नाकाहरुबाट जम्मा भएको नेता तथा कार्यकर्ताकोहरुको र्‍याली सीमाचोकमा […]

शय्यामा रहेको दाइको सेवामा तल्लीन दिनानाथको संघर्ष कथा

भरतपुर, १८ चैत । विदेशको मोह त्यागेर नेपालमै व्यवसाय सुरु गरेका भरतपुरका दिनानाथ ढुङ्गानाको दैनिकी अहिले अस्पतालको शय्यामा रहेका दाइको सेवामा बित्न थालेको छ । मेडिकल क्षेत्रको जागिरलाई छोडेर उनले दाइलाई साथ दिन होटल व्यवसायमा हात हालेका थिए । तर, उनका दाइ कालिदास ढुङ्गाना दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनका योजना एकाएक रोकिए । आजकल […]

स्ववियु त्रिवि क्याम्पसको अध्यक्षमा नेविसंघका जोशी विजयी

काठमाडौँ, १८ चैत । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ८ मतले उछिनेका हुन् भएका हुन् । जोशीले ७ सय ८९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे । त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहाल र […]

त्रिवि क्याम्पसमा शान्तिपूर्वक सकियो स्ववियु निर्वाचन (तस्वीरहरू)

काठमाडौं, १८ चैत । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन आज सकिएको छ । चैत ५ गते हुने भनिएको निर्वाचन उम्मेदवारी दर्तामा विवाद भएपछि ८ गतेका लागि सरेको थियो । तर निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित सारिएको मितिमा पनि निर्वाचन हुन सकेको थिएन । ६ हजार १ सय ४६ मतदाता […]