त्रिवि क्याम्पसमा शान्तिपूर्वक सकियो स्ववियु निर्वाचन (तस्वीरहरू)

काठमाडौं, १८ चैत ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन आज सकिएको छ । चैत ५ गते हुने भनिएको निर्वाचन उम्मेदवारी दर्तामा विवाद भएपछि ८ गतेका लागि सरेको थियो ।

तर निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित सारिएको मितिमा पनि निर्वाचन हुन सकेको थिएन ।

६ हजार १ सय ४६ मतदाता रहेको विश्वविद्यालय क्याम्पसमा सोमबार ३ हजार १ सय १८ जनाले आफ्नो मत प्रकट गरेका छन् ।

यसपटक त्रिवि क्याम्पसमा स्ववियु अध्यक्ष पदमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवार गरी १४ जनाबीच प्रतिस्पर्धा भएको थियो । अनेरास्ववियुबाट अध्यक्ष पदमा सिद्धान्त भट्ट, नेविसंघबाट दीपकराज जोशी र अखिल क्रान्तिकारीबाट प्रवीन दाहालको उम्मेदवारी परेको थियो । यस्तै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट