पण्डित नीलकण्ठ पौडेल स्मृति सम्मानबाट तीन जना सम्मानित

भरतपुर, १६ चैत ।
पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानको ११औँ वार्षिकोत्सवका अवसरमा विभित्र स्रष्टाहरू सम्मानित भएका छन् ।
शनिबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष होमनाथ सुवेदी, नियात्राकार रमेश प्रभात र आख्यानकार राधिका कल्पितलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा लकाश पौडेलका दुई कृति ‘आमा पञ्चकला´ र `बिर्सूँ कसोरी भन’ को विमोचन गरिएको छ । त्यसैगरी जनमत साहित्यिक पत्रिकाको लकाश पौडेल विशेष अङ्क सार्वजिक गरियो ।

लकाश पौडेलको अध्यक्षता, प्राडा चूडामणि बन्धुको प्रमुख आतिथ्य, इन्द्र रेग्मीको विशेष आतिथ्य, बाबुराम ढकालको स्वागत मन्तव्य, प्रकाश चापागाईंको सञ्चालनमा सम्पन्न कार्यममा पौडेलका कृतिमाथि डाक्टर धनेश्वर भट्टराई, सम्मानित स्रष्टाको परिचय उदय अधिकारी र जनमतको यस अङ्क बारे प्राध्यापक कपिल अज्ञालले बोल्नुभएको थियो । करिव २०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट