पण्डित नीलकण्ठ पौडेल स्मृति सम्मानबाट तीन जना सम्मानित

भरतपुर, १६ चैत । पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानको ११औँ वार्षिकोत्सवका अवसरमा विभित्र स्रष्टाहरू सम्मानित भएका छन् । शनिबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष होमनाथ सुवेदी, नियात्राकार रमेश प्रभात र आख्यानकार राधिका कल्पितलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा लकाश पौडेलका दुई कृति ‘आमा पञ्चकला´ र `बिर्सूँ कसोरी भन’ […]
गणतन्त्रलाई बलियो बनाउन हामी एकजुट हुनुपर्छ : देउवा

लुम्बिनी, १६ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजाले चाहँदैमा गणतन्त्रको अन्त्य सम्भव नभएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाली लेखक सङ्घको आठौं राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राजा फर्काउने नाममा अराजक गतिविधि फैलिएको बताए । उनलेे बदलिँदो परिवेशमा लेखकहरू अझै जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । हिजोको अराजकता तपाईं हामी […]
खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने

चितवन, १६ चैत । खैरहनी नगरपालिकाले ६ महिना पूरा भई ३ वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण अनुदान दिन थालेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाँका दरले प्रति बालबालिका मासिक १२ सय अनुदान लाभग्राहीका अभिभावकहरुको बैंक खातामार्फत उपलब्ध गराउन थालेको हो […]
चितवनमा भलिवल प्रशिक्षक प्रशिक्षण सुरु

चितवन, १६ चैत । चितवनमा आधारभूत भलिवल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको हो । हिमालय दण्डपाणी न्यौपाने माविमा सुरु भएको कार्यक्रमको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका थिए । सो क्रममा लामाले जिल्ला खेलकुदले पछिल्लो समय गरिरहेको गतिविधिहरुको […]