अन्तर मन्टेश्वरी नृत्य प्रतियोगितामा अल्फाबेज प्रथम

भरतपुर, ५ चैत ।
भरतपुरस्थित अर्किड माविद्वारा आयोजित अन्तर मन्टेश्वरी तह सांस्कृतिक नृत्य प्रतियोगिताको पहिलो संस्करणमा अल्फाबेज मन्टेश्वरी स्कुल प्रथम भएको छ ।

कुल १० वटा मन्टेश्वरी स्कुलको सहभागिता रहेको कार्यक्रममा स्मल हर्ट मन्टेश्वरीले द्वितीय र संस्कृति प्री स्कुलले तृतीय स्थान बनाउन सफल भएका थिए । त्यसैगरी बालबगैँचा मन्टेश्वरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

साना बालबालिकाको कलिलो उमेरबाट नै सिर्जनात्मक क्षमता वृद्धि हुन प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रमलाई यसै वर्षबाट शुरुआत गरिएको शिक्षिका आरती थापाले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट