भच्चेकमा निःशुल्क आँखा शिविर

गोरखा, ५ चैत । अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित भच्चेक आधारभूत अस्पतालमा मङ्गलबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । तीन दिनसम्म चल्ने शिविरमा मङ्गलबार पहिलो दिनमात्रै ६५ महिलासहित १३८ जनाले बहिरङ्ग सेवा लिएका छन् । पहिलो दिनको शिविरमा आँखा जाँच गराएकामध्ये २९ जनाको आँखा जाँचपछि शल्यक्रिया गरिएको शिविरका संयोजक धनबहादुर गुरूङले जानकारी दिए […]

एसपिएम कलेजमा स्ववियुमा निर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण

नवलपरासी, ५ चैत । गैंडाकोट नगरपालिका- २ मा रहेको सूर्यभक्त पतनादेवी मेमोरियल (एसपिएम) कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । एसपिएम कलेजमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित हुँदा अध्यक्षमा श्याम वाचे मगर, सचिवमा रवि साँखी, कोषाध्यक्षमा स्काइरा सापकोटा, प्रत्यक्ष सदस्यमा खगिसरा […]

अन्तर मन्टेश्वरी नृत्य प्रतियोगितामा अल्फाबेज प्रथम

भरतपुर, ५ चैत । भरतपुरस्थित अर्किड माविद्वारा आयोजित अन्तर मन्टेश्वरी तह सांस्कृतिक नृत्य प्रतियोगिताको पहिलो संस्करणमा अल्फाबेज मन्टेश्वरी स्कुल प्रथम भएको छ । कुल १० वटा मन्टेश्वरी स्कुलको सहभागिता रहेको कार्यक्रममा स्मल हर्ट मन्टेश्वरीले द्वितीय र संस्कृति प्री स्कुलले तृतीय स्थान बनाउन सफल भएका थिए । त्यसैगरी बालबगैँचा मन्टेश्वरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको थियो […]

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

चितवन, ५ चैत । नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजल सँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर- ८ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ । गजल मञ्च चितवनले लामो समयदेखि गजल साधकहरूलाई […]