प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन

भरतपुर, १ चैत ।

प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षेत्रीको फागुन २९ गते बिहीबार भारतीय समय अनुसार राति १० बजेर १० मिनेट जाँदा आफ्नै निवासमा निधन भएको जानकारी आएको छ ।

२०१४ सालमा प्रकाशित ‘बसाइँ’ उहाँको लोकप्रिय उपन्यास हो । त्यसपछिका उहाँका कृतिहरू अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षत्रीका कथाहरू आदि प्रकाशित छन् । उपन्यास बाहेक उहाँ कथा, निबन्ध, नाटक आदि लेख्ने गर्नु हुन्थ्यो ।

भारतको गौहाटी असममा बसेर नेपाली भाषा र साहित्यको सेवा गरिरहनु भएका क्षेत्री २०७२ सालमा जगदम्बा श्रीबाट सम्मानित हुनु भएको थियो भने भारतको प्रतिष्ठित पद्मश्री, साहित्य अकादेमी पुरस्कारबाट पनि उहाँ सम्मानित भइसक्नु भएको हो ।
सन् १९३३ मा जन्मनु भएका उहाँ ९२ वर्षको हुनुहुन्थ्यो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट