बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २८ फागुन ।
भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति ९ बजेर ५५ मिनेटको समयमा तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट अन्दाजी ३० वर्षीय पुरुष गम्भिर घाइते भएका थिए । घाइते पुरुषलाई उपचारका लागि चितवन स्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा राति १० बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालक तनहुँ जिल्लाको भानु नगरपालिका–२, का ४७ वर्षीय पुन्टबहादुर सारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट