क्रियाशील पत्रकार महिला चितवनको अध्यक्षमा सरिता पौडेल निर्वाचित

भरतपुर, २८ फागुन । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनको अध्यक्षमा सरिता पौडेल निर्वाचित हुनुभएको छ । डब्लुडब्लुजे चितवनको भरतपुरमा भएको चोथौ अधिवेशनले पौडेलको अध्यक्षतमा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संगीता आचार्य, सचिवमा शोभा पुडासैनी, कोषाध्यक्षमा प्रतिमा तामाङ र सहसचिवमा सविता अधिकारी चयन हुनुभएको छ । त्यसैगरी […]
सर्तहरू मान्न तयार भएपछि ‘राजागंज’लाई प्रदर्शन अनुमति

काठमाडौँ, २८ फागुन । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको छ । यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग गरिएकै आधारमा प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले राखेका सबै सर्तहरू मान्न तयार भएपछि प्रदर्शन अनुमति दिएको निर्देशक दीपक […]
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, २८ फागुन । भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति ९ बजेर ५५ मिनेटको समयमा तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट अन्दाजी ३० वर्षीय पुरुष गम्भिर […]
बागमतीमा कामको अनुगमन र मूल्यांकनका लागि छुट्टै कानून

मकवानपुर, २८ फागुन । बागमती प्रदेश सरकारले कामको अनुगमन र मूल्यांकनका लागि छुट्टै कानून बनाउने भएकाे छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनुगमन तथा मूल्यांकनका लागि कानून निर्माण गर्न मस्यौदा तर्जुमाका लागि सहमति दिने निर्णय गरे सँगै छुट्टै कानून बन्ने भएकाे हाे । प्रदेश सरकारबाट भएका कामको प्रभावकारिता जाँचका लागि कानुन बनाएर अनुगमन तथा […]
प्रश्नै प्रश्नहरू ! (कविता)

कथित जन्जिरका तप्काहरूले कोपर्दै छन् मनलाई सचेत हुन् या अर्धचेत छोड्दैनन् डस्न सुस्त तर डस्दै छन् पलपल प्रश्नै प्रश्नका सुनामीहरूले घँचेट्दै छन् जिन्दगीलाई अन्योलतिर घुएँत्रो हान्दै छन् बौद्धिकताका मझधारले बाफिलो बगरमा बज्रिने गरी छिद्र छिद्र पार्दै छन् लक्षित डगरहरू बेमौसमी हुन्डरीहरूले खोज्दै छन् ठिङ्ग्र्याउन बेथितिको इजलासमा चारैतिरबाट अचरित्रको नेल ठोकेर कल्पित संस्कारका सुसारेहरूले जिन्दगी गाल्न […]