सर्तहरू मान्न तयार भएपछि ‘राजागंज’लाई प्रदर्शन अनुमति

काठमाडौँ, २८ फागुन ।
दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको छ ।

यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग गरिएकै आधारमा प्रदर्शन अनुमति दिएको थिएन ।

बोर्डले राखेका सबै सर्तहरू मान्न तयार भएपछि प्रदर्शन अनुमति दिएको निर्देशक दीपक रौनियारले बताए । उनले भने, ‘हामीले सबै सर्तहरू मान्न तयार भएपछि बोर्डले अनुमति दियो ।

फिल्ममा अब प्रधानमन्त्रीले गरेको भाषणको उक्त अंश हटाइने तथा हिन्दी भाषामा म्युट गरिने उनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट