मातृभूमि साहित्य समाजद्वारा ७ वटा विधामा ९ जनालाई सम्मान

मकवानपुर, २४ फागुन

मातृभूमि साहित्य समाज मकवानपुरले ७ वटा विधामा ९ जनालाई सम्मान गरेको छ । शनिबार हेटौंडामा समाजकाे २६ औं साधारण सभाकाे अवसरमा उक्त सम्मान प्रदान गरिएकाे हाे ।

समाजले नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार–२०८० बाट काठमाडौंका गीतकार सुभाषचन्द्र ढुंगेललाई सम्मान गरेकाे छ । उक्त पुरस्कारकाे राशि २० हजार रुपैयाँ रहेकाे छ । यसैगरी श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार–२०८० भारत आसामका डा. विष्णु भण्डारीलाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ ।

यसैगरी शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार–२०८० बाट सामुदायिक विद्यालयतर्फ एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने असल पाख्रिन, बेबी खातुन, परीक्षा खतिवडा सम्मानित भएका छन् । उक्त पुरस्कारकाे राशि १५/१५ हजार रुपैयाँ रहेकाे छ । यस्तै काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेल १५ हजार रुपैयाँ राशिकाे ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८० बाट सम्मानित भएका छन् ।

हातेमालो–मातृभूमि युवा सृजनशील सम्मान–२०८० बाट मकवानपुरे साहित्यकार दीपक गौतम सम्मानित भएका छन् । उक्त पुरस्कार १० हजार रुपैयाँ राशिकाे रहेकाे छ । मकवानपुरकी गृष्मा गहतराज मंगलादेवी स्मृति मातृभूमि बाल पुरस्कार–२०८० बाट ७ हजार ५०० रुपैयाँ राशिसहित सम्मानित भएकी छिन् । यस्तै शारदा उप्रेती स्मृति मातृभूमि सम्मान-२०८० बाट मकवानपुरका कलाकार ज्ञानभक्त लामा सम्मानित भएका छन् । उक्त सम्मान १० हजार रुपैयाँ राशिकाे रहेकाे छ ।

मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएकाे साधारण सभा तथा सम्मान कार्यक्रमकाे अवसरमा लेखन विधामा सृजनात्मक सौन्दर्य परिचर्चा कार्यक्रम आयोजना गरिएको थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट