एक्सन गौतम स्मृति तथा अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भरतपुर, २४ फागुन । `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद´ नाराका साथ तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता- २०८१ भरतपुरमा सम्पन्न भएको छ । प्रतियोगितामा चितवन, धादिङ, नवलपरासी, तनहुँ र कास्कीका गरी जम्मा ५७ टिमको सहभागिता रहेको थियो । एक्सन क्लबका अध्यक्ष विष्णु दवाडीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा विजेता खेलाडीहरूलाई […]
मितेरी आमा समूहको अध्यक्षमा शान्ता विमली कै निरन्तरता

भरतपुर, २४ फागुन । मितेरी आमा समूह भरतपुर- २ क्षेत्रपुरको छैटौँ साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । समूहका अध्यक्ष शान्ता विमलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट रहनुभएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गरिएको साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रमले पुन: […]
संविधानले व्यवस्था गरेको अधिकारलाई कार्यान्वयन गर्न अधिकारकर्मीको दबाब

भरतपुर, २४ फागुन । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसमा सन्दर्भमा मानवअधिकार तथा शान्ति समाज चितवन, आदर्श नारी विकास केन्द्र र आदर्श गृहको संयुक्त आयोजनामा नेपाल नागरिकता दोस्रो संसोधन विधेयकको विषयमा नागरिक संवाद सम्पन्न गरियो । कार्यक्रममा बोल्ने अधिकारकर्मी तथा सरोकारवालाले संविधानले व्यवस्था गरेको समानताको हक र […]
मातृभूमि साहित्य समाजद्वारा ७ वटा विधामा ९ जनालाई सम्मान

मकवानपुर, २४ फागुन । मातृभूमि साहित्य समाज मकवानपुरले ७ वटा विधामा ९ जनालाई सम्मान गरेको छ । शनिबार हेटौंडामा समाजकाे २६ औं साधारण सभाकाे अवसरमा उक्त सम्मान प्रदान गरिएकाे हाे । समाजले नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार–२०८० बाट काठमाडौंका गीतकार सुभाषचन्द्र ढुंगेललाई सम्मान गरेकाे छ । उक्त पुरस्कारकाे राशि २० हजार रुपैयाँ रहेकाे छ । […]
गैंडाकोटमा पठन संस्कृतिको ११ औँ शृङ्खला सम्पन्न

गैंडाकोट, २४ फागुन । पठन संस्कृति अभियानको ११ औँ शृङ्खलामा प्राडा देवीप्रसाद कँडेल आउनुभएको छ । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले आयोजना गरेको पठन संस्कृति अभियानको ११ औँ शृङ्खलामा प्राडा कँडेल प्रमुख अतिथिको रुपमा आउनुभएको हो । प्रमुख अतिथि कँडेलले देशको शिक्षा पद्धति सन्तोषजनक नभएको बताउँदै अध्ययनका नाममा बिदेश पलायनको लहर चलेको बताउनु […]
अङ्कुरम् एकेडेमीको प्रारम्भिक बालविकास र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण

चितवन, २४ फागुन । अभिभावकीय भूमिका बहन गर्ने क्रममा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शनिबार प्रारम्भिक बालविकास (इसिडी) र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यसवर्षको महिला दिवसको मुख्य सन्देश ‘गतिशील कार्यान्वयन’लाई आत्मसात गर्दै शिक्षा र सशक्तीकरणमार्फत लैङ्गिक समानतालाई अगाडि बढाउने लक्ष्यसहित भरपुरको पटिहानीस्थि होटेल सोल्टी वेस्टएन्डमा उक्त […]
गैँडाकोटमा उद्घोषण कला तालिम

गैँडाकोट, २४ फागुन । नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय परिषद्ले आयोजना गरेको उद्घोषणकला तथा निर्णय पुस्तिका लेखन तालिम सकिएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर ८ विजयनगरस्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हलमा सम्पन्न तालिममा ३० जना सहभागी थिए । तालिम तीन दिन गरिएको थियो । विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर […]
चिसापमा भट्टराई र गुञ्जन नारी संस्था सम्मानित

भरतपुर, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चितवन साहित्य परिषद्ले विभिन्न पुरस्कार तथा सम्मान वितरण गरेको छ । परिषद्का अध्यक्ष केदारनाथ खनालले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । चिसाप गायत्री -सरस्वती साहित्य पुरस्कार- २०८१ बाट गुञ्जन नारी साहित्यिक संस्थालाई सम्मान गरिएको हो । त्यसैगरी चिसाप गीताश्री साहित्य पुरस्कारबाट साहित्यकार प्रा.डा गाेविन्दराज भट्टराईलाई […]
पौडेलको `उपचार´ सार्वजनिक

भरतपुर, २४ फागुन । आख्यानकार लीलाधर पौडेलको उपन्यास `उपचार´ सार्वजनिक भएको छ । साहित्य सङ्गम चितवनको आयोजनामा शनिबार नारायणी नमुना मावि भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, लेखककी सहधर्मिणी सुमित्रा पौडेल, अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात र समीक्षक उदय अधिकारीले कृति विमोचन गर्नुभएको हो । कृति माथि बोल्दै समीक्षक रमेश प्रभातले […]
`अभिभावकको ध्यान सामाजिक सञ्जालतिर´

भरतपुर, २४ फागुन । रत्ननगरस्थित माधवपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रयुष कार्कीले आजका अभिभावको ध्यान आफ्ना बालबालिकामा भन्दा धेरै सामाजिक सञ्जालतिर भएको बताएका छन् । विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´ को सातौँ शृङ्खलामा सहभागी भएका कार्कीले आजका बालबालिकाहरू अभिभावकको रेखदेखबाट टाढा रहेको बताए । उनले सामाजिक सञ्जाललाई हामीले […]
`महिलाको हक अधिकारको सवाललाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ´
मकवानपुर, २४ फागुन । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । “सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नाराका साथ आज मार्च ८ का दिन विश्वभर मनाइँदै छ । दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा प्रकाशित शुभकामना सन्देशमा भनिएको […]
नेपाली कांग्रेस चितवन महिला विभागको अन्तरसंवाद

भरतपुर, २४ फागुन । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस महिला विभाग चितवनले जिल्लास्तरीय अन्तरसंवाद सम्पन्न गरेको छ । कार्यक्रमका सहभागीले आज पनि महिलाहरु सामाजिक आर्थिक राजनीतिक रुपमा विभेदको शिकार बनिरहेको भन्दै समानताको लडाई जारी राख्नुपर्ने आवश्यकता औँल्याइएका थिए । संविधानले प्रदत्त गरेका अधिकारहरु पूर्णरुपमा कार्यान्वयन नहुँदासम्म सबै महिलाहरु एक भएर सशक्तरुपमा […]
भरतपुरका अगुवा महिलालाई घटना व्यवस्थापन प्रशिक्षण

चितवन, २४ फागुन । पछिल्लो समय स्थानीय तहमा फौजदारी अपराधका घटनाहरु न्यायिक निकायमा नपुगी स्थानीय स्तरमा नै मेलमिलाप हुने अवस्था बढ्दै गएपछि भरतपुर महानगरपालिका वडा नम्बर- ६ का स्थानीय अगुवा महिलाहरुलाई घटना व्यस्थापन सम्बन्धी प्रशिक्षण दिइएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ कार्यालय र सामाजिक संस्था हाम्रो भरोसा नेपालको संयुक्त आयोजनामा स्थानीय अगुवा महिला […]
विष्णु अधिकारीको नेतृत्वमा एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवन

भरतपुर, २४ फागुन । एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको पाँचौँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि ई. विष्णु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित उपाध्यक्षहरुमा ई. खेम थापा बहादुर मगर, ई. दामोदर ढकाल, सचिवमा ई. आकाश शर्मा, सहसचिवमा ई. केदार अधिकारी र ई. शिवराम पौडेल, कोषाध्यक्षमा ई.जनार्दन देवकोटा […]
म बेरोजगार नारी (कविता)

बिहानै सूर्योदयभन्दा अगाडि चराहरूको चिरबिरसँगै जुरूक्क बिस्ताराबाट उठेपछि शुरू हुन्छ मेरो लुटुपुटु यही आँगन, यही पिँढी, यही घर यही बारी, यही सिँढी, यही संसार पोछा, झाडु र हँसिया पालैपालो यो छोडी त्यो यही मेरो जागिर, ब्यापार यहीँ ब्यस्त छु, यहीँ मस्त छु उहिल्यै कलेजका दिन सम्झिन्छु मनमनै रमाउँछु कल्पना पो रहेछ, होसमा आउँछु फेरि डाडु […]