चितवन, २२ मंसिर ।
चितवनको मतगणना जारी छ । केहीबेर अघि चितवन–२ अन्तर्गत प्रदेश सभा ‘ख’ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । जसमा वाम गठबन्धनका विजय सुवेदीको अग्रता कायमै छ ।
कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार २६७७ मत गन्दा वाम गठबन्धनका एमाले उम्मेदवार सुवेदीले १६५३ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ७०९ मत पाएका छन् । २६७७ गन्दा विजय सुवेदीलाई ९४४ मतको अग्रता छ ।





