नेपाल आजपनि यूएईसँग पराजित, पछाडिबाट दोस्रो

भरतपुर, २२ मंसिर ।

नेपाल शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा ६३ रनले पराजित भएको छ । साथै ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपाल सातौं भएको छ ।

 सोमपाल कामीले ५ विकेट लिएपछि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएइलाई  ४९.२ ओभरमा १ सय ९५ रनमा अलआउट गर्‍यो ।

जवाफमा आएको नेपाल ४२.२ ओभरमा १ सय ३२ रनमा सीमित भयो । नेपालबाट ज्ञानेन्द्र मल्लले ४२ र विनोद भण्डारीले २५ रन बनाए ।

नेपाल बुधबार भएको पहिलो खेलमा पनि युएईसँग ७ विकेटले पराजित भएको थियो ।

नेपालले फेब्रुअरीमा विश्व क्रिकेट लिग डिभिजन २ का पुछारका ४ टोलीहरू केन्या, युएई र नामिबियासँगैं ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट