पापड चितवनले बढायो सक्रियता

भरतपुर, ३० माघ ।
देशमा शान्ति र लोकतन्त्र स्थापनाका लागि उल्लेखनीय भूमिका खेलेको नागरिकहरुको अगुवा संस्था शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) चितवनलाई सक्रिय बनाईने भएको छ ।

पापडमा आवद्ध चितवनका पेशाकर्मीहरुका अध्यक्षहरुको संयुक्त बैठकले सुषुप्त अवस्थामा रहेको पापडलाई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गराउने गरी सक्रिय बनाउने निर्णय गरेको हो ।

चितवन जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष फूलमाया रानाभाटको अध्यक्षतामा बसेको पापड चितवनको बैठकले संवैधानिक सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता,  विधिको शासन, शान्ति स्थापना र शान्तिका लागि पेशागत  हकहित संरक्षणमा पेशागत संघ संस्थाहरुको ऐक्यबद्धता रहने  निर्णय गरेको छ ।
पापड चितवनलाई तीन तीन महिनामा नेतृत्व आलोपालो गर्ने गरी अहिलेलाई रानाभाटलाई संयोजक  बनाउने निर्णय पनि बैठकले गरेको समितिका सदस्य शिवराज अधिकारीले जानकारी दिनुभयो ।
पापड चितवनमा नेपाल चिकत्सक संघ, निजामती कर्मचारी आधिकारिक युनियन, नेपाल पत्रकार महासंघ, नेपाल वार एशोशिएशन,  ईन्जिनियर एशोशिएशन, नेपाल शिक्षक युनियनलगायतका संस्थाका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट