सूचनाकाे हकका लागि चितवनमा राष्ट्रिय महासंघकाे तदर्थ समिति गठन

भरतपुर, ३० माघ । सूचनाकाे हकका लागि राष्ट्रिय महासंघ चितवनको तदर्थ समिति गठन गरिएको छ । बुधबार भरतपुरमा बसेको विशेष बैठकले पत्रकार वसन्त ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सबिता अधिकारी, सचिवमा सुनिल पराजुली, सह–सचिवमा आश्मा राई, कोषाध्यक्षमा निशा श्रेष्ठ र सदस्यहरुमा अधिवक्ता सञ्जु ढकाल, समीर चापागाई , अनिष थापामगर […]

पापड चितवनले बढायो सक्रियता

भरतपुर, ३० माघ । देशमा शान्ति र लोकतन्त्र स्थापनाका लागि उल्लेखनीय भूमिका खेलेको नागरिकहरुको अगुवा संस्था शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) चितवनलाई सक्रिय बनाईने भएको छ । पापडमा आवद्ध चितवनका पेशाकर्मीहरुका अध्यक्षहरुको संयुक्त बैठकले सुषुप्त अवस्थामा रहेको पापडलाई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गराउने गरी सक्रिय बनाउने निर्णय गरेको हो । चितवन जिल्ला अदालत बार एशोसिएशनका […]

काठमाडौंको शंखरापुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, ३० माघ । काठमाडौंको शंखरापुर नगरपालिका- ५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ । मृतकको सनाखत भने भइसकेको छैन । चाबहिलस्थित मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकमा गएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो । पिकनिकबाट फर्किने क्रममा सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ […]

भरतपुरमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न

चितवन, ३० माघ । बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह भरतपुरमा सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना तथा नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको सह आयोजनामा भरतपुर कभर्ड हलमा चार दिनसम्म चलेको समारोह बुधबार सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका जिल्लाबाट करिब दुई सय जना खेलाडीहरु सहभागी थिए । उनीहरुलाई […]

अर्किड माविले एसईईमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई १ लाख रुपैयाँ दिने

भरतपुर, ३० माघ । भरतपुर महानगरपालिका – १० स्थित अर्किड माविले एसईई २०८० मा ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएका दुइजना विद्यार्थीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विद्यालय स्थापनाको १४ औँ वार्षिकोत्सवका अवसरमा यहि फागुन ४ गते गर्न लागिएको अभिभावक दिवस तथा वार्षिकोत्सव समारोहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गर्न लागिएको […]

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर, ३० माघ । चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, जनकल्याण चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे भित्री सडकखण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा. प्र. ०३ – ००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महतोको मृत्यु […]

हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

सिन्धुपाल्चोक, ३० माघ । हेलम्बु गाउँपालिकामा `आराम, आनन्द र आरोग्य’ भन्ने नाराका साथ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा फागुन ३ गते स्वास्थ्य शिविर हुन लागेको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका -७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा हुने शिविरका […]

भरतपुर अस्पतालले निःशुल्क सटल बस सञ्चालन गर्ने

चितवन, ३० माघ । भरतपुर अस्पतालले निःशुल्क सटल बस सञ्चालन गर्ने भएको छ । विरामीहरुको सुविधाका लागि फागुन १ गतेबाट सटल बस सञ्चालन गर्न लागिएको हो । सटल बस भरतपुर अस्पतालबाट निस्किएर मालपोत चोक हुँदै–जिल्ला प्रशासन चोक– हाकिमचोक– चौविसकोठी– वीरेन्द्र क्याम्पस चोक– विशाल चोक पुगेर बाइपास रोड हुँदै पुनः भरतपुर अस्पताल आउने छ । सटल […]