भरतपुर, ३० माघ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, जनकल्याण चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे भित्री सडकखण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा. प्र. ०३ – ००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महतोको मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । गम्भीर घाइते भएका आलोकलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा उनको राति १०ः३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।





