अर्किड माविले एसईईमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई १ लाख रुपैयाँ दिने

भरतपुर, ३० माघ ।
भरतपुर महानगरपालिका – १० स्थित अर्किड माविले एसईई २०८० मा ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएका दुइजना विद्यार्थीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विद्यालय स्थापनाको १४ औँ वार्षिकोत्सवका अवसरमा यहि फागुन ४ गते गर्न लागिएको अभिभावक दिवस तथा वार्षिकोत्सव समारोहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गर्न लागिएको सह प्राचार्य पुरुषोत्तम दुवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसारको गत वर्षको एसईईमा ३.६ जिपिए भन्दा बढी नम्बर ल्याउने ५२ जना विद्यार्थीलाई पनि सम्मान गरिनेछ । यसैगरी ज्येष्ठ अभिभावक सम्मान र १० वर्ष भन्दा बढी समयदेखि विद्यालयमा कार्यरत १८ जना शिक्षक कर्मचारीलाई पनि सम्मान गरिने दुवाडीले जानकारी दिनुभयो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयमा माघ १६ गतेदेखि माघ २८ गतेसम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो । यस अन्तर्गत अन्तर स्कुल साइकल दौड प्रतियोगिता, अन्तर विद्यालय स्कुल जुनियर हाजिरीजवाफ प्रतियोगिता, अन्तर विद्यालय रेडियो प्रस्तोता प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता साथसाथै अन्तर टोल विकास संस्था महिला तथा आमा समूह स्तरिय हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो । अन्तिम प्रतिस्पर्धात्मक कार्यक्रमका रूपमा अन्तर टोल विकास संस्था महिला तथा आमा समूह हाजिरीजवाफ प्रतियोगितामा सप्तगण्डकी आमा समूह, दिदिबहिनी आमा समुह, सिर्जनशील आमा समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट