काठमाडौंको शंखरापुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, ३० माघ ।

काठमाडौंको शंखरापुर नगरपालिका- ५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।

चाबहिलस्थित मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकमा गएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो । पिकनिकबाट फर्किने क्रममा सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो । ३९ वर्षीय मनिष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट