भरतपुर अस्पतालले निःशुल्क सटल बस सञ्चालन गर्ने

चितवन, ३० माघ ।
भरतपुर अस्पतालले निःशुल्क सटल बस सञ्चालन गर्ने भएको छ । विरामीहरुको सुविधाका लागि फागुन १ गतेबाट सटल बस सञ्चालन गर्न लागिएको हो ।

सटल बस भरतपुर अस्पतालबाट निस्किएर मालपोत चोक हुँदै–जिल्ला प्रशासन चोक– हाकिमचोक– चौविसकोठी– वीरेन्द्र क्याम्पस चोक– विशाल चोक पुगेर बाइपास रोड हुँदै पुनः भरतपुर अस्पताल आउने छ ।

सटल बस उक्त रुटमा दैनिक कम्तिमा ६ पटक गुड्ने भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । ३० सिट क्षमताको उक्त बसको दुवै साइडमा भरतपुर अस्पताल लेखिएको छ भने अगाडिपट्टि ‘निःशुल्क सटल बस’ लेखिएको व्यानर टाँगिने पौडेलले बताए ।

भरतपुर अस्पतालले नमुना कामको थालनी गर्न लागेपछि सेवाग्राहीहरु खुसी भएका छन् । यसलाई निरन्तरता दिने विषय भने चुनौतीपूर्ण छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट