शिक्षक संगठन चितवनको अध्यक्षमा रामजी भण्डारी चयन

भरतपुर, २६ माघ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको १४औँ जिल्ला अधिवेशनले रामजी भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गाकुमारी लामिछाने र विष्णुहरी कँडेल, सचिवमा तिलक कुँवर, कोषाध्यक्षमा देवप्रसाद पण्डित, सहकोषाध्यक्षमा पार्वती केसीललाई चयन गरिएको छ ।

समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यालय भरतपुर- १० मालपोतचोकमा भएको शपथ ग्रहण समारोहमा शिक्षक संगठनका केन्द्रीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संगठनका केन्द्रीय महासचिव हंसबहादुर शाही, केन्द्रीय कोषाध्यक्ष सूर्यराज बराल, बागमती प्रदेशका महासचिव पूर्णबहादुर पुरी, नेकपा एमालेका नेताहरू देवी ज्ञवाली, कृष्णभक्त पोखरेल, रमाकान्त सापकोटा, नारायण पौडेल, दानबहादुर गुरुङ, हरि आचार्य, भानुप्रसाद उपाध्यायलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट