विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा प्रश्नपत्र निर्माण तालिम

मकवानपुर, २६ माघ । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा आधारभूत तह तथा माध्यमिक तहको प्रश्नपत्र निर्माणसम्बन्धी तालिम शनिबार सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा समापन भएको छ । मकवानपुर जिल्लाका ६३ जना विज्ञान शिक्षकहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा तालिम सहजीकरण विज्ञान शिक्षकहरू भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओमप्रकाश सापकोटाले गर्नुभएको थियो । आधारभूत तह […]
शिक्षक संगठन चितवनको अध्यक्षमा रामजी भण्डारी चयन

भरतपुर, २६ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको १४औँ जिल्ला अधिवेशनले रामजी भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गाकुमारी लामिछाने र विष्णुहरी कँडेल, सचिवमा तिलक कुँवर, कोषाध्यक्षमा देवप्रसाद पण्डित, सहकोषाध्यक्षमा पार्वती केसीललाई चयन गरिएको छ । समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ । नेपाल राष्ट्रिय […]
फागुन १ गतेदेखि लङ्कुमा महायज्ञ हुँदै

चितवन, २६ माघ । हरिकिर्तन धार्मिक संस्था / लक्ष्मीवेङ्कटेश मन्दिर भरतपुर-४, लङ्कु, हरिकीर्तन चोकमा फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ । महायज्ञ सम्पादन मूल समितिले मन्दिर प्राङ्गणमा शनिबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो । कमलनयनाचार्य मुक्तिनाथ बाबाको संरक्षकत्व, शालग्रामाचार्य गुरु आश्रम, नाग्लिवाङका नारायणाचार्य स्वामी (टीकाराम […]
मकवानपुरमा निलाञ्जला र अस्मिता सम्मानित

मकवानपुर, २६ माघ । हेटौंडामा मुक्तक सर्जक २ जना सम्मानित भएका छन् । मुक्तक मञ्च मकवानपुरको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार मुक्तककारद्वय निलाञ्जला भारद्वाज र अस्मिता दाहाल सम्मानित भएका हुन् । नुवाकोटकी भारद्वाजलाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ बाट सम्मान गरिएकाे हाे । उक्त सम्मानकाे राशि नगर ७ हजार ७७७ रुपैयाँ रहेकाे छ । मुक्तक मञ्च मकवानपुरका […]
पठन संस्कृति अभियानमा गायत्रीको `वर्तमान´ विमोचन

गैंडाकोट, २६ माघ । पठन संस्कृति अभियानको १० औँ शृङ्खलामा गायत्री अधिकारीद्वारा लिखित `वर्तमान´ उपन्यास विमोचन गरिएको छ । विजय विकास स्रोत केन्द्र गैंडाकोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्री, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो । सुन्दर स्वदेश पब्लिकेसन्सबाट प्रकाशित पुस्तकको मूल्य २५०/- […]
नारायणी बचतका ज्येष्ठ सदस्यलाई तीर्थस्थल भ्रमण

भरतपुर, २६ माघ । नारायणी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई २०८१ माघ २५ गते धार्मिक तीर्थस्थलहरुको भ्रमण गराएको छ । जेष्ठ सदस्यहरुलाई विभिन्न धार्मिक तीर्थस्थलहरुको दर्शन गराउनुका साथै मनोरन्जन समेत प्रदान गर्ने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुलाई हेटौंडाको कुष्माण्डव सरोवर , पशुपतिनाथ मन्दिर र भुटनदेवी मन्दिरको भ्रमण […]