नारायणी बचतका ज्येष्ठ सदस्यलाई तीर्थस्थल भ्रमण

भरतपुर, २६ माघ ।
नारायणी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई २०८१ माघ २५ गते धार्मिक तीर्थस्थलहरुको भ्रमण गराएको छ । जेष्ठ सदस्यहरुलाई  विभिन्न धार्मिक तीर्थस्थलहरुको दर्शन गराउनुका साथै  मनोरन्जन समेत प्रदान गर्ने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ । संस्थाले  सदस्यहरुलाई हेटौंडाको कुष्माण्डव सरोवर , पशुपतिनाथ मन्दिर र भुटनदेवी मन्दिरको भ्रमण गराएको थियो ।

धार्मिक अवलोकन भ्रमणबाट जेष्ठ सदस्यहरुमा नयाँ उत्साह मिलेको सचिव हरिकृष्ण अधिकारीले बताए । संस्थाले सबै उमेर समूह , जेष्ठ सदस्य, महिला, युवा र बालबालिकालाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको उनले जानकारी दिए । संस्थाले समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबारका साथै सामाजिक उत्तरदायित्व अन्तरगत थुप्रै क्रियाकालप गर्दै आएको छ ।

संस्थाले ‘अग्रजको सम्मान नारायणीको पहिचान’ भन्ने नारालाई स्थापित गर्ने लक्ष्य लिएको छ । संस्थाले सदस्यहरुलाई गर्भदेखि मृत्यसम्मका सेवा प्रदान गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट