भरतपुर, २२ माघ ।
भरतपुर इङलिस स्कुल सोसाइटी (बेस) द्वारा आयोजित मैत्रीपुर्ण अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगितामा ग्लोरियस एकडेमी प्रथम भएको छ । प्रतियोगितामा अर्किड स्कुल उपविजेता र प्रगति स्कुल तृतीय भएका छन् ।
बेस अन्तरगत २५ वटा विद्यालयका समूह समावेश भएको यस खेलको अन्तिम प्रतिस्पर्धामा अर्किड स्कुललाई पराजित गरी ग्लोरियस एकडेमी प्रथम भएको हो । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेवापत उत्कृष्ट खेलाडीको उपाधि ग्लोरियस एकडेमीका तोरण ढकालले प्राप्त गरेका छ्न । खेलमा प्रथम, द्वितीय र तृतीय हुने समुहलाई क्रमशः १२ हजार , ८ हजार र ६ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।





