गजल मञ्च चितवनले `गजलमा प्रणय´ कार्यक्रम गर्दै

भरतपुर, २२ माघ । गजल मञ्च चितवनले भ्यालेन्टाइ डे अर्थात् प्रणय दिवसको अवसर पारेर `गजलमा प्रणय´ गजलवाचन कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष १४ फेब्रुअरीमा मनाइने यस प्रेम दिवसका सन्दर्भमा आगामी फागुन ३ गते शनिबार भरतपुर- ११ बाइपास रोडस्थित नहरचोकमा रहेको आरम्भ कलेजमा कार्यक्रम गर्न लागिएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिनुभयो […]
बखान च्याम्पियनसिप : शारदा युथ क्लब क्वाटरफाइनलमा

चितवन, २२ माघ । तेस्रो संस्करणको बखान च्याम्पियनसिप फुटबल प्रतियोगितामा शारदा युथ क्लब शारदानगरले विजयी सुरुवात गरेको छ । वडा खेलकुद विकास समिति भरतपुर १९ को आयोजनामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा शारदाले मेट्रो पुलिस भरतपुरलाई ४-० ले हराएको हो । बखान मिनी रंगशालामा भएको खेलमा शारदालाई सहज जित दिलाउन मुन्ना कुमालले ह्याट्रिक गरे […]
भरतपुरमा बुधबारदेखि अन्तरपालिका सितोरियो कराँते हुँदै

भरतपुर, २२ माघ । भरतपुरमा बुधबारदेखि प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । दुई दिनसम्म चल्ने प्रतियोगितामा बागमती, गण्डकी र मधेश प्रदेशका १४ पालिकाबाट खेलाडीहरु सहभागी हुनेछन् । १४ पालिकाबाट दुई सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल सितोरियो […]
रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर

भरतपुर, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा चौथो मुद्दा दायर भएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनामा उनलाई पनि प्रतिवादी बनाइएको छ । सो सहकारीबाट १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा […]
लोकतन्त्र ल्याउन रेडियोको योगदान : मुख्यमन्त्री लामा

मकवानपुर, २२ माघ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले लोकतन्त्र ल्याउन रेडियोको योगदान रहेको बताएका छन् । रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औँ स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । रेडियाेकाे सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा उनले सञ्चार माध्यम नै प्रजातन्त्रको सम्पत्ति भएको बताए । […]
शिक्षक भलिबल प्रतियोगितामा ग्लोरियस एकेडेमी विजयी

भरतपुर, २२ माघ । भरतपुर इङलिस स्कुल सोसाइटी (बेस) द्वारा आयोजित मैत्रीपुर्ण अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगितामा ग्लोरियस एकडेमी प्रथम भएको छ । प्रतियोगितामा अर्किड स्कुल उपविजेता र प्रगति स्कुल तृतीय भएका छन् । बेस अन्तरगत २५ वटा विद्यालयका समूह समावेश भएको यस खेलको अन्तिम प्रतिस्पर्धामा अर्किड स्कुललाई पराजित गरी ग्लोरियस एकडेमी प्रथम भएको हो […]
वर्तमान उपन्यास : बलियो कथा, फितलो प्रस्तुति

उपन्यास : वर्तमान लेखक : गायत्री अधिकारी प्रकाशकः सुन्दर स्वदेश पब्लिकेशन काठमाडौँ मूल्य : २५० पृष्ठ : १०४ चितवनमा रहेर नेपाली साहित्यमा कलम चलाइरहेकी स्रष्टा गायत्री अधिकारीको पहिलो उपन्यास हो `वर्तमान´ । कथा, कविता, आलेखहरु नियमितरुपमा लेखिरहने अधिकारीको कृतिका हिसावले यो उपन्यास दोस्रो कृति हो । यस अघि उनको `निर्णय´ कथासंग्रह प्रकाशित छ । सुन्दर […]
ईमाश्री गार्मेन्टको दोस्रो कारखाना भरतपुरमा

भरतपुर, २१ माघ । ईमाश्री गार्मेन्टको दोस्रो शाखा भरतपुरमा सञ्चालनमा आएको छ । शनिवार एक कार्यक्रमका बिच सो गार्मेन्ट कारखानाको उद्घाटन सफल व्यवसायी एवं समाजसेवी यज्ञविलास पौडेल वाईबीले गरेका हुन् । सर्वसुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्य सहित सो गार्मेन्ट भरतपुर-१० हाकिमचोकस्थित सरस्वती टावरबाट सञ्चालनमा आएको हो । कार्यक्रममा बोल्दै पौडेलले भने `गार्मेन्टको क्षेत्रमा […]