भरतपुर, २१ माघ ।
ईमाश्री गार्मेन्टको दोस्रो शाखा भरतपुरमा सञ्चालनमा आएको छ ।
शनिवार एक कार्यक्रमका बिच सो गार्मेन्ट कारखानाको उद्घाटन सफल व्यवसायी एवं समाजसेवी यज्ञविलास पौडेल वाईबीले गरेका हुन् ।
सर्वसुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्य सहित सो गार्मेन्ट भरतपुर-१० हाकिमचोकस्थित सरस्वती टावरबाट सञ्चालनमा आएको हो ।
कार्यक्रममा बोल्दै पौडेलले भने `गार्मेन्टको क्षेत्रमा अब्बल साबित ईमाश्रीले आगामी दिनमा अझ प्रभावकारी सेवा दिनेमा विश्वस्त छु ।´
`गार्मेन्टको क्षेत्रमा विश्वसनिय, सर्वसुलभ मूल्य र छिटोछरितो सेवा प्रवाहलगायतका गुणस्तरीय सेवा दिन सके यसको भविष्य राम्रो भएको र यसैका कारणले थुप्रैले रोजगार समेत पाउन सक्नेछन्´ उनले भने।
२० वर्ष अघिदेखि चितवनको पर्सा बजारबाट सेवा दिँदै आएको सो गार्मेन्टले दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिँदै आएको छ ।
थाईल्याण्ड, भियतनाम र चीनबाट आयतित फाईवरबाट रोजाई अनुसारका फाईब्रीक सामग्री उत्पादन गर्दै आएको गार्मेन्टका प्रबन्ध निर्देशक रोशन खत्रीले जानकारी दिए ।
चितवन जिल्लाका सम्पूर्ण सामुदायिक एवं निजि विद्यालयक पोसाक, स्काउट पोसाक तथा अर्डर अनुसार संस्थाहरुको पोसाक समेत २४ घण्टामा तयार गरेर दिँदै आएको खत्रीले बताए ।
कलेज, स्कुल तथा हरेक संघसंस्थाको पोसाक तथा सटिङसुटिङ तयारी गर्दै आएको सो गार्मेन्ट पछिल्लो समय ग्राहकको रोजाईमा पर्न सफल भएको छ ।
ईमाश्री टेक्सटाइलले नेपाली बजारमा आफ्नै फेव्रीक उत्पादन गरी सेवा प्रदान गर्दै आएको संचालक खत्रीले बताए ।
गार्मेन्टमा हाल ३५ जना कालिगढ कार्यरत छन् ।





