प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दहाल

मकवानपुर, २० माघ ।
प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दहाल चयन भएकी छन् । शनिबार र आइतबार भएकाे चौतारी मकवानपुरकाे नवौँ अधिवेशनबाट दाहालकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरहेकाे हाे ।

दहाल २१ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी छिन् । उनी हाल राजधानी राष्ट्रिय दैनिक र हिमाल खबर अनलाइनमा आवद्ध छिन् भने उनकाे नेतृत्वमा हेटौंडाबाट १३ वर्षदेखि सहीखबर साप्ताहिक पत्रिका तथा ५ वर्षदेखि सहीखबर डटकम अनलाइन सञ्चालनमा छन् । दहाल सञ्चारिका समुह बागमती प्रदेश अध्यक्ष समेत हुन् ।

यस्तै, उपाध्यक्षमा शिव चौलागाईं र प्रतिक्षा न्यौपाने चयन भएका छन् भने सचिवमा नवीन तिमल्सिना, सहसचिवमा सुमन दाहाल, समावेशी सहसचिवमा मनिल महत्तो र कोषाध्यक्षमा अशोक बजागाईं चयन भएका छन् । यसैगरी, सदस्यहरुमा सानुमाया गुरुङ (निशा), सरोज पौडेल, सञ्जिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मीता अर्याल चयन भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट