जन्मदिनमा नारायणी नमुना माविका विद्यार्थीलाई `मुना´ उपहार

भरतपुर, २० माघ । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बालपत्रिका मुना उपलब्ध गराइएको छ । भरतपुरस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका रिजनल म्यानेजर किरण पौडेल नरहरिको जन्मदिनका अवसरमा विद्यार्थीहरुलाई मुना उपलब्ध गराइएको छ । विद्यार्थीहरूमा पढ्ने बानीको विकास गर्न मुनालगायतका पत्रिका उपयोगी हुने देखेर मुना वितरण गर्ने सोच बनाएको पौडेलले […]

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दहाल

मकवानपुर, २० माघ । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दहाल चयन भएकी छन् । शनिबार र आइतबार भएकाे चौतारी मकवानपुरकाे नवौँ अधिवेशनबाट दाहालकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरहेकाे हाे । दहाल २१ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी छिन् । उनी हाल राजधानी राष्ट्रिय दैनिक र हिमाल खबर अनलाइनमा आवद्ध छिन् भने […]

प्रदेश सांसद गुरुङद्वारा चितवनका विभिन्न योजनाको स्थलगत अनुगमन

चितवन, २० माघ । बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ । बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारीसहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र […]

सामाजिक सञ्जाल नियमनका लागि अध्यादेश

मकवानपुर, २० माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल नियमनकाे लागि सरकारले अध्यादेश ल्याएकाे उनले बताए । प्रेस चौतारी नेपाल मकवानपुरको नवौँ जिल्ला अधिवेशनको हेटौंडामा उद्घाटन् गर्दै उनले भने ‘जातीय द्वेष, सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्‍याउने सामग्रीको प्रचारलाई रोक्नका […]

भरतपुर अस्पतालमा क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने

चितवन, २० माघ । भरतपुर अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ । बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गत बुधबारदेखि सुरु गरेको हो । विभिन्न रोगको नमूना परीक्षण गर्न दिएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा […]

नेपाल कृषि महासंघको वार्षिक साधारणसभा सम्पन्न

ललितपुर, २० माघ । नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको हरिहभवनस्थित कृषि विभागको सभाहलमा भएको कार्यक्रमा गत आर्थिक वर्ष २०८० / ०८१ मा संचालन गरिएका कार्यक्रम र चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु अनुमोदन गर्दै साधारण सभा समापन भएको हो । महासंघले कृषि सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी गर्नुको […]

सरल नेपालको नवलपुर जिल्ला अधिवेशन सम्पन्न

नवलपुर, २० माघ । सरल नेपालले कावासोतीमा प्रथम नवलपुर जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा सरल नेपाल नवलपुर जिल्लाका संयोजक समिर लामिछानेको अध्यक्षता र जिल्ला समन्वयन समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो । अधिवेशनमा सरल नेपाल केन्द्रीय अध्यक्ष मनिष पौडेल, केन्द्रीय सदस्य दीपेन्द्र अधिकारी, कार्यक्रम व्यवस्थापक आयुष ढकाल, देवचुली कलेजका पूर्व क्याम्पस […]