चितवन, २० माघ ।
बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ ।
बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारीसहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र समृद्धिका लागि भएका योजना र आगामी हुनुपर्ने योजनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयसँग अन्तरक्रिया समेत गरिरहनुभएको छ ।
छलफल तथा भेटघाटका क्रममा स्थानीयले बागमती प्रदेशबाट विकास निर्माणमा दीर्घकालीन योजना ल्याउन सुझाव दिएका छन् । सांसद गुरुङको टोलीले हुलाकी मार्गको रूपमा प्रयोग हुँदै आएको घोसरघाट पुल निर्माण, मेघौली विमानस्थल, आन्तरिक पर्यटनको प्रबर्द्धनको लागि खोलिएका होमस्टे, कुमाल तथा थारु समुदायको संग्रहालयको समेत अनुगमन गरेको थियो ।





