नारायणी पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु

भरतपुर, १९ माघ ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नारायणी पब्लिक स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह सुरु गरेको छ ।

विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ११ की कार्यवहक अध्यक्ष लालमाया लामा थिइन् । प्रमुख अतिथि लामाले विद्यार्थीहरुको उज्ज्वल भविष्य निमार्ण गर्न अध्ययन अध्यापनका साथै खेलकुद र अनुुशासन आवश्यक पर्ने बताइन् । कार्यबाहक अध्यक्ष लामाले आफ्नो वडाबाट पनि विद्यार्थीहरुलाई खेलकुदलगायतका कार्यक्रममा सक्दो सहयोग गर्ने बताइन् ।

विशिष्ट अतिथिका रुपमा जनोदय टोल विकास संस्थाका अध्यक्ष विष्णु बगाले थिए भने अतिथिहरुमा विद्यालय संचालक समिति सदस्य अनिता खनाल, शिक्षक अभिभावक संघका सदस्य मानबहादुर रजाली मगर थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई +२ कोडिनेटर जनकराज घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्राचार्य वेदराज न्यौपानेले विद्यार्थीहरुलाई अनुुशासनका लागि खेलकुुद अपरिहार्य रहेको र विद्यार्थीहरुमा रहेको खेल मोहलाई उत्साहमा परिमार्जित गरी उनीहरुको खेल्ने कलाको पनि विकास गरिने बताए । समारोहमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए ।

एक हप्तासम्म रहने उक्त प्रतियोगितामा फुुटबल, भलिबल, दौडलगायतका थुुप्रै खेलहरु खेलाउन लागिएको कार्यक्रमका अतिरिक्त क्रियाकलाप संयोजक नवीन बगालेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट