नारायणी पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु

भरतपुर, १९ माघ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नारायणी पब्लिक स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह सुरु गरेको छ । विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ११ की कार्यवहक अध्यक्ष लालमाया लामा थिइन् । प्रमुख अतिथि लामाले विद्यार्थीहरुको उज्ज्वल भविष्य निमार्ण […]
एमाले र काङ्ग्रेस गठबन्धनको कारण मुलुक संकटमा : देव गुरुङ

मकवानपुर, १९ माघ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक गम्भीर संकटतर्फ गईरहेकाे बताएका छन् । मकवानपुरको हेटौंडामा शनिबार कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् । एमाले र काङ्ग्रेस गठबन्धनको कारण राष्ट्रियताकाे काेणवाट देश संकटमा परेकाे उनले बताए । ‘सुशासनकाे दृष्टिकोणबाट हेर्दा भ्रष्टाचारीलाई बचाउने काम भैरहेकाे छ’ उनले भने सत्तारुढ संगठनले कहि पनि सार्वजनिक […]
गाउँमै पुगेर हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

चितवन, २० माघ । नेपाल अर्थोपेडिक एसोसिएसन चितवन च्याप्टरले इच्छाकामना गाउँपालिकामा हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इच्छाकामना-२ ओर्ल्याङमा ६ जना वरिष्ठ विशेषज्ञ डाक्टरहरुले हाडजोर्नी तथा नसासम्बन्धी बिरामीहरुको स्वास्थ्य जाँच गरेका हुन् । शिविरमा ४० जनाभन्दा बढी बिरामीलाई सेवा दिइएको एसोसिएसनका अध्यक्ष डा.अर्जुन श्रेष्ठले जानकारी दिए । हाडजोर्नी खिइएका, ढाड खिइएका, काम […]
राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईजलाई

चितवन, १९ माघ । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको उपाधि भिडन्तमा प्याराडाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]