गाउँमै पुगेर हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

चितवन, २० माघ ।
नेपाल अर्थोपेडिक एसोसिएसन चितवन च्याप्टरले इच्छाकामना गाउँपालिकामा हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

इच्छाकामना-२ ओर्ल्याङमा ६ जना वरिष्ठ विशेषज्ञ डाक्टरहरुले हाडजोर्नी तथा नसासम्बन्धी बिरामीहरुको स्वास्थ्य जाँच गरेका हुन् । शिविरमा ४० जनाभन्दा बढी बिरामीलाई सेवा दिइएको एसोसिएसनका अध्यक्ष डा.अर्जुन श्रेष्ठले जानकारी दिए ।

हाडजोर्नी खिइएका, ढाड खिइएका, काम गर्नेक्रममा चोटपटक लागेर पैसाको अभावमा उपचार नगरी बस्दा बिग्रिएका बिरामीहरुको उपचार गरिएको उनले बताए ।
एसोसिएसनका सचिव डा.प्रमोद लामिछानेले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले संस्थाले पहिलोपटक विकट क्षेत्रमा पुगेर शिविर आयोजना गरेको जानकारी दिए ।

‘विकट क्षेत्रका विपन्न नागरिकले अति आवश्यक अवस्थामा पनि विशेषज्ञ सेवा नपाएको, घरेलु उपचार गरेर बस्ने गरेका कारण हामीले सम्बन्धित क्षेत्रमै पुगेर सेवा दिएका हौं,’ लामिछानेले भने, ‘शिविरमा निकै पुराना र बिग्रिएको अवस्थाका बिरामीहरु पनि आउनुभयो । हामीले उपचार गरेर आवश्यक औषधि उपलब्ध गराएका छौँ ।’ शिविरमा ६ देखि ७० वर्षसम्मका बिरामीहरुको उपचार गरिएको उनले बताए ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरु डा.श्रेष्ठ, डा.लामिछाने, डा.शंकर ढकाल, डा.मनोज कँडेल, डा.दीपेन्द्र सुवेदी र डा.आनन्द कार्कीले बिरामीहरुको उपचार गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट