गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता

काठमाडाैं, १८ माघ ।
गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।

गायिका चौहानले माना चामल र अंश हक दाबी नगरी सम्बन्धविच्छेद मात्रै गरीपाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख गरेकी छन् ।

आफ्नाे प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जाेडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएकाे थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट