भरतपुर, २२ मंसिर ।
नेपालले युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।
दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली टोलीमा राखिएको छ । अनिल र कुशल भुर्तेललाई अतिरिक्त खेलाडीको रुपमा युएई भ्रमणमा लगिएको थियो । तर अनिललाई प्लेयिङमा राखिएको छैन ।





