माघ १२ गतेदेखि राईजिङ भरतपुर गोल्डकप हुँदै

चितवन, ५ माघ ।
राईजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुने भएको छ । चितवन- ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बिषयमा जानकारी दिईएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजन क्लब नेपाल पुलिससहित सरस्वती युथ क्लब काठमाडौं, बागमती युथ क्लब सर्लाही, आबुखैरेनी नगरपालिका, गैंडाकोट फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, भरतपुर- २४ खेलकुद विकास समिति र प्याराडाईज युथ क्लब गरी ८ टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीले दश तथा हरेक दिनको प्लेयर अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो चरणमा ५० रुपैयाँ, सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिने क्लबका अध्यक्ष कार्कीले बताए ।

क्लबले यसअघि गतवर्ष भरतपुर च्याम्पियनसिप कप आयोजना गरेको थियो । उक्त प्रतियोगिता परिमार्जन गरेर थप वृहत गर्ने योजनासहित यसपटक गोल्डकप आयोजना गरिएको कार्कीको भनाइ थियो । पत्रकार सम्मेलनमा नवनिर्वाचित चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले प्रतियोगिताको सफलताको कामना गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट