मकवानपुर, ५ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुटनीतिक तथा राजनीतिक हिसावले देशमा संकट पैदा भएकाे बताएका छन् । बाराकाे जितपुर सिमरा उपमहानगरपालिकामा पार्टीकाे नगर अधिवेशनमा सहभागी हुन जाँदै गर्दा हेटौंडामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सुशासनकाे नारा दिँदै संविधानमा नमिलेकाे कुरा मिलाउँछु भनेर काङ्ग्रेस र एमालेले सरकार निर्माण गरेकाे उनले बताए । ‘भ्रष्टाचारको कारवाहीबाट जाेगिनका लागि अहिलेकाे सरकार निर्माण भएकाे छ’ लिङ्देनले भने ‘भ्रष्टाचारलाई संस्थागत गर्न सरकार गठन भएकाेले देशलाई जाेगउन याे व्यवस्था र याे नेतृत्वकाे विकल्प चाहिएकाे छ ।’ अहिलेकाे देशकाे स्थिति सामान्य आँखाले हेर्दा केही देखिन्न तर नदेखिने अस्थिरता रहेकाे अध्यक्ष लिङ्देनले बताए ।
‘देशकाे समस्या भनेकै २०४६ सालपछि सिमित पार्टी र सिमित व्यक्ति र उनीहरुद्वारा ल्याएकाे व्यवस्था हाे’ उनले भने । साढे तीन दशकदेखि उनीहरुले ल्याएकाे व्यवस्था नभत्काएसम्म देश सहज बाटाेका हिँड्न नसक्ने उनले बताए ।
‘राष्ट्रियता कमजाेर भएकाे छ, नेतृत्व तहकाे केटाकेटी व्यवहारकाे कारण देश दलदलमा फसेकाे छ’ उनले भने ‘भूराजनीतिक चक्रव्यूहकाे सिकार बन्ने अवस्थामा देश रहेकाेले अब जनताले आशा गरेकाे पार्टी भनेकै राप्रपा हाे ।’
राजनीतिलाई पेशा मान्ने एकै हुने बताउँदै उनले भने ‘हामी पूर्णरुपमा सुशासनकाे बाटाेमा छाैँ, राष्ट्रियता, प्रजातन्त्र र शुसासनका लागि राप्रपा छ, राष्ट्रियताकाे सवालमा हामी कहिल्यै चुकेका छैनाैँ ।’ देशकाे प्रधानमन्त्री पनि जनताले मत हालेर छान्न पाउनुपर्ने उनले बताए ।
लिङ्देनले हिजाे व्यक्तिकाे नामबाट पार्टीकाे मान्छे चिनिन्थ्याे तर हाल एउटै पार्टीकाे नामबाट मात्र चिनिने बताए । हाल राप्रपाकाे कार्यकर्ता भनेपछि ठाडाे शिर बनाएर हिँड्न सक्छ, कमल थापाले पार्टी छाेडेर हिँड्दा पार्टी बिग्रियाे त ? उनले प्रश्न गरे । दशा लागेरै थापाले पार्टी छाेडेर हिँड्नु भएकाे हाे, दशा नै लागेसी केही गर्न नसकिने उनले बताए । `व्यक्तिबाट बल्ल हामी पार्टीकाे मान्छे भएका छाैँ´, उनले भने ‘पशुपति समशेर गुट, सूर्यबहादुर थापा गुट भन्ने हाल छैन । मकवानपुरलाई नसाेधी केन्द्रीय निर्णय पनि केही हुँदैन ।’
हामी प्रजातन्त्रमा विश्वास गर्छाैँ, प्रदेश खारेजी गर्ने भन्ने कुरामा भ्रम सिर्जना हुन दिननहुने उनले बताए । ‘हामीले प्रदेशमा सहभागी भएकाे जनताले नरुचाएकाे छैन, प्रदेशमा सहभागी नहुँदैमा प्रदेश खारेज हुँदैन’ उनले भने । हामी प्रदेशमा सहभागी नहुँदा पार्टी कमजाेर हुने उनकाे भनाई थियाे । ‘व्यवस्थाकाे हरेक निर्वाचन प्रक्रियामा सहभागी हुनु पर्छ, भएका छाैं’ उनले भने ‘हामीले परिवर्तन गर्न खाेज्ने हाे । नसकेकाे खण्डमा अहिलेकाे व्यवस्थाकाे उपयाेग गरेरै लड्नुकाे विकल्प छैन ।’
लिङ्देनले २०८२ वैशाखसम्ममा नगर, जिल्ला अधिवेशन सकिसक्ने याेजना अनुरुप नगर अधिवेशनमा सहभागी हुने बताए । संगठनलाई उच्च प्राथमिकतामा राखेर वडा तहकाे अधिवेशन सकाएर जिल्ला अधिवेशन गर्नुपर्ने जिम्मेवारी पूरा गर्न हरेक जिल्लामा निर्देशन पठाइसकेकाे उनले जानकारी दिए ।





