सबैको चाहना शान्ति र विकास

किरियापुत्रीले गरे मतदान

ध्रुवराज खनाल
चितवन, २२ मंसिर ।
खैरहनी नगरपालिका १२ जनकपुरमा किरियापुत्रीले पनि मतदान गरेका छन् । खैरहनी–१२, कुमरोजका रामप्रसाद रेग्मी र प्रेमप्रसाद रेग्मीले राष्ट्रिय आधारभूत विद्यालय जनकपुरबाट बिहीबार मतदान गरेका हुन् ।
स्वर्गीय आमा दुर्गा रेग्मीको निधनको चौथो दिन किरिया बसेका रेग्मी दाजुभाइसहित दुइ बुहारी र एक छोरीले मतदान गरे । चौथो दिनको किरिया सकेर दिउँसो उनीहरुले मतदान गरेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभाको मतदानपछि किरियापुत्री प्रेमप्रसाद रेग्मीले दुःखको समय भएपनि मताधिकार गर्ने अधिकारलाई नागरिकको कर्तव्य सम्झिएर मतदान गरेको प्रतिक्रिया दिए ।


“आमाको निधनपछि हामीले किरिया पनि गरिरहेका छौं”, प्रेम रेग्मीले भने, “नागरिकको कर्तव्य सम्झिएर प्रतिनिधि छान्न मतदान गरेका हौं ।” रेग्मीले देशमा शान्तिको कामनाका साथै विकासको गतिले तीव्रता पाउने आशा गरेका छन् । मत परिणाम जे जस्तो आएपनि अव सत्ताको खेलमा नलागी भ्रष्टाचार नियन्त्रण, विकासको काममा सरकार लाग्ने उनको विश्वास छ । खैरहनी–१२, कुमरोजकै ७३ वर्षीय रामहरि बर्तौलाले विकास गर्ने व्यक्ति छान्नका लागि मतदान गरेको बताउँछन् । उनको चाहना पनि देशमा शान्ति आओस् र विकास निर्माण होस् भन्ने छ ।
“राजनीतिकै कारण देशमा विकास हुन सकेन”, बर्तौला भन्छन्, “जितेर आउने प्रतिनिधिले सुधार गरिदियोस् भन्ने हामी सबैको चाहना हो ।” वि.सं. २०२२ सालदेखि भोट हाल्दै आएका बर्तौलाले निर्वाचन जितिसकेपछि थोरै मात्रामा मात्रै प्रतिनिधि गाउँ फर्कने गरेको गुनासो गरे ।
यसैबीच पूर्वी चितवनमा उत्साहका साथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । पूर्वी चितवनमा अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । चितवन क्षेत्र नम्बर १ को पूरै र दुईको केही भाग पर्ने पूर्वी चितवनमा शान्तिपूर्ण र मतदाताको उत्साहका साथ निर्वाचन भएको छ । चितवन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य उम्मेदवारहरु सुरेन्द्र पाण्डे र राजेन्द्र बुर्लाकोटीले जित आ–आफ्नो पक्षमा आउने दावी गरेका छन् ।
राप्ती नगरपालिका–५, भण्डारा हेल्थपोष्ट मतदान केन्द्रबाट मतदान गरेका पूर्व अर्थमन्त्रीसमेत रहेका बाम गठबन्धन उम्मेदवार पाण्डेले आफूले पुरानै प्रतिस्पर्धी पाउनु संयोग भएको र यसपटक पनि आफ्नो जित सहज रहेको प्रतिक्रिया दिए । बुर्लाकोटीले दोस्रो संविधानसभा निर्वाचनमा पार्टीभित्रै केही समन्वय नमिल्दा नजिता आफ्नो पक्षमा आउने नसकेको तर यसपटक सबै सुधार भएकाले आफूले नै जित्ने दावी गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट