भरतपुर, ३ माघ ।
चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा बिरामी अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो ४:२० तिर अन्दाजी ६० वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेका थिए ।
परिचय नखुलेका ती पुरुषलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उनलाई साँझ करिब ५ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।
अनुसन्धानको क्रममा पुरुष ३ दिन अगाडिदेखि पुलचोकमा बसी मागि खाई हिँड्ने गरेको पाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।





