चितवनको सबै क्षेत्रको मतगणना आज गरिदैं

चितवन, २२ मंसिर ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना आज गरिदैछ । बिहीबार मतदान गरिएको भएपनि मतपेटिका आउन समय लागेपछि मतगणना सुरु गर्न नसकिएको हो ।

भरतपुर–१० स्थित चितवन मा.वि.मा अबेर रातिसम्ममा सबै मतपेटिका ल्याइसकिएको छ । राति अबेर मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको सर्वपक्षीय छलफलले शुक्रबार बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो ।

बैठकले तीनै क्षेत्र र ६ वटै प्रदेशको गणना ७ घण्टे सिफ्टमा ३ सिफ्ट गर्ने सहमति भएको छ । त्यस्तै प्रत्येक राजनीतिक दलले एक गणक प्रतिनिधि गणना कार्यमा सहभागी गराउन पाउने सहमति भएको ३ नम्बर क्षेत्रका निर्वाचन अधिकृत शम्भुराज रेग्मीले जानकारी दिए ।

मतगणनास्थलमा सिसी क्यामरा
मतगणना स्थल चितवन माविमा सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले शशस्त्र प्रहरी, नेपाल प्रहरीले गणनास्थललाई उच्च सुरक्षा दिएको बताए ।

गणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन् । “प्रतिनिधि र प्रदेशसभा सदस्यका मत गन्न निर्धारण भएका सबै कोठामा सिसी क्यामरा जडान गरिएको छ, चौर र बरण्डामा समेत सिसी क्यामरा जडान भएको छ”, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, “मतगणना स्थलभित्रका हरेक गतिविधिको भिजुवल रेकर्ड गर्ने व्यवस्था मिलाइएको छ ।”

साथै गणनास्थलमा तारजालीको प्रयोग गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट