माघे सङ्क्रान्तिको अवसरमा माडीमा फुटसल प्रतियोगिता हुँदै

चितवन, २६ पुस ।
माघे सङ्क्रान्तिको अवसर पारेर चितवनको माडीमा फुटसल प्रतियोगिता हुने भएको छ । चितवनको माडी नगरपालिका- ७ दिवानगरमा रहेको डाइनामिक युवा क्लाबको आयोजनमा फुटसल प्रतियोगिता हुन लागेको हो । पाँचौँ माघे सक्रान्ति कप – २०८१ सेभेन ए साइड फुटसल प्रतियोगिताको नामले माडी दिवानगरको खुला मैदानमा कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष विजय तिमिल्सिनाले बताउनु भयो । पुस २७ गतेबाट माघ १ गतेसम्म सञ्चालन हुने खुल्ला प्रतियोगितामा माडीलगायतका विभिन्न स्थान तथा क्षेत्रमा रहेका विभिन्न क्लब र खेलाडीहरु समाबेश हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ट्रफी मेडल सहित ३० हजार तथा द्वितीय हुनेले ट्रफी मेडल सहित १५ हजार नगद पुरस्कार पाउने आयोजक क्लवका सचिव सुचित जैसीले बताउनु भयो ।

माघे सङ्क्रान्तिकै अवसरमा खेल मैदानसँगै रहेको रेवा त्रिवेणीधाममा बिगतदेखि नै लाग्दै आएको माघे सङ्क्रान्ति  मेलासमेत हुने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट