मनाङबाट एमाले र रुकुम पूर्वबाट माओवादीको विजयी सुरुआत

भरतपुर, २२ मंसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ ।मनाङ र मुस्ताङपति पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्रले जितको सुरुवात गरेको छ ।

रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ ।

उनी नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि हुन् ।

पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

त्यसैगरी नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।

पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट