रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

पोखरा, २५ पुस ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणका जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछानेलाई ६५ लाख धराैटीमा छाड्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दिएको हो । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसैगरी गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले भनेको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट