अध्ययन मञ्च दाङको संयोजकमा सूर्य बिसी

घोराही, २१ पुस ।
पठन संस्कृति निर्माणका लागि यस अघि गठन भएको अध्ययन मञ्च दाङ पुनर्गठन भएको छ ।

शनिबार घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य थम्मन बस्नेतले बताए । जसमा महेश बस्नेत, श्रद्धा धिताल, बिन्दु गिरी, थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी र बिपिन आचार्य रहेका छन् ।

पठन संस्कृति कमजोर हुँदा समाज रचनात्मक एवं सभ्य बन्न नसक्ने बताउदै संयोजक बिसीले कला, साहित्य र सिर्जनात्मक लेखनमा गम्भीरतापुर्वक काम गर्न यो अभियान सुरु गरिएको बताए ।

साथै बिसीले दाङका प्रबुद्ध व्यक्तित्वहरुको सहयोगमा पुस्तक पठन अभियानलाई बल पुग्ने कार्यक्रमलाई तिव्रता दिइने सुनाए । प्रकाशन संस्था बिएन पुस्तक संसारका सञ्चालक बिसीले घोराहीमा मेधावी कन्सर्न नामक पुस्तक पसल सञ्चालन गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट