चितवन महोत्सवको प्रवर्धनका लागि साइकल र्‍याली

चितवन, २१ पुस । यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवर्धनका लागि साइकल र्‍याली निकालिएको छ । चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल र्‍याली निकालिएको हो । उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई […]

हंस सहकारीले विद्यार्थीलाई बाँड्यो न्यानो कपडा

भरतपुर, २१ पुस । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरतपुर- ११ गणेश स्थानमा रहेको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष चुकेले सहकारीको एक सिद्धान्त “समुदाय प्रतिको चासो”लाई प्राथमिकतामा […]

चितवनमा `मेरो पहिलो रक्तदान´ कार्यक्रम

चितवन, २१ पुस । भरतपुर अस्पताल परिसरमा `मेरो पहिलो रक्तदान´ कार्यक्रम गरिएको छ । शुक्रबार मिसन रेड अभियानको आयोजनामा जनस्वास्थ्य कार्यालय चितवनको सहआयोजना र भरतपुर अस्पतालको सहकार्यमा यो कार्यक्रम गरिएको हो । यस अभियान अन्तर्गत १७ जनाले पहिलोपटक रक्तदान गरेका छन् । सबै रक्तदाताबाट कुल ४२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ । युवाहरुलाई […]

१३औँ पूण्यतिथिमा ५१ जनाले गरे रक्तदान

माडी, २१ पुस । लायन्स क्लब अफ माडी इको, ब्लड डोनर सोसाइटी नेपाल भरतपुर महानगर कमिटी र लायन्स क्लब अफ नारायणघाट चौतारीको संयुक्त आयोजनामा भरतपुरको कटहर चोकमा रक्तदान कार्यक्रम गरिएको छ । माडी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष माधवप्रसाद चापागाईंकी ममतामयी माता स्वर्गीय इमाकला चापागाईंको तेह्रौँ दिनको पूण्यतिथिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गण्डकी […]

फेशन अनप्लग्डको विशेष शो हुने

भरतपुर, २१ पुस । चितवनमा अन्तर्राष्ट्रिय स्तरको फेशनसँग सम्बन्धित `फेशन अनप्लग्ड´को विशेष शो हुने भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रालि र नेपाल डायरिज प्रालिको संयुक्त आयोजनामा पुस २७ गते शनिबार भरतपुर–१२ स्थित स्मार्ट गार्डेन एण्ड रेष्टुरेण्टको प्राङ्गणमा कार्यक्रम हुने आयोजकले जनाएको छ । चर्चित तथा लोकप्रिय गायिका एलिना चौहान मुख्य आकर्षणको रुपमा […]

नवलपुर फोटोग्राफर संघको अध्यक्षमा कुशल अधिकारी चयन

गैँडाकोट, २१ पुस । नवलपुर फोटोग्राफर संघको अध्यक्षमा कुशल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार भएको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले कुशल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिकारी २ दशकदेखि फोटोग्राफी पेशामा संलग्न हुनुहुन्छ । नवलपरासीको गैंडाकोटस्थित कालिका स्कुल चोकमा उहाँको `विशेष डिजिटल फोटो तथा कपी सेन्टर´ सञ्चालनमा छ । उपाध्यक्षमा सिलास […]

अध्ययन मञ्च दाङको संयोजकमा सूर्य बिसी

घोराही, २१ पुस । पठन संस्कृति निर्माणका लागि यस अघि गठन भएको अध्ययन मञ्च दाङ पुनर्गठन भएको छ । शनिबार घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य थम्मन बस्नेतले बताए । जसमा महेश बस्नेत, श्रद्धा धिताल, बिन्दु गिरी, थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी र […]

स्याङ्जाको गल्याङमा वृहत् काव्यगोष्ठी

स्याङ्जा, २१ पुस । कविशिरोमणि लेखनाथ पौड्यालको १४२औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम गल्याङ, स्याङ्जाद्वारा आयोजित काव्यगोष्ठी- २०८१ सम्पन्न भएको छ । गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्यगोष्ठीमा सभाध्यक्षको रूपमा जगत्रदेवी साहित्य संगमका अध्यक्ष अग्रज कवि व्यक्तित्व चण्डिकाप्रसाद भट्टराई रहनुभएको थियोे । प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियोे […]

माडीमा महायज्ञ गर्ने निर्णय समितिको धुरमुरका कारण रोकियो

माडी, २१ पुस । वसन्तपुर बजारमा रहेको श्री गुप्तेश्वरी शिवालय मन्दिरमा रामजानकी बालिका आश्रम देवघाटको आयोजनामा हुन लागेको बृहत् श्रीमद्भागवत नहुने भएको छ । यस अगाडि बसेको चारवटा बैठकले फाल्गुन १४ गते महाशिवारात्रीका दिनदेखि गर्ने निर्णय गरेको थियो । मन्दिर व्यवस्थापन समितिको धुरमुरका कारण माडीमा महायज्ञ नगरिने भएको हो । यसअघि बैठकले १०१ महायज्ञ मूल […]

बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंलाई

मकवानपुर, २१ पुस । हेटौंडामा भएकाे दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेकाे छ । शनिबार प्रदेश राजधानी हेटौंडामा भएकाे फाइनलमा दोलखाकाे टाइगर टिम तिखालाललाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौंकाे पशुपति शिवजी चित्लाङ फुटबल क्लब विजयी भएकाे हाे । उपाधिसँगै काठमाडौंले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे […]