‘आत्माको अदालतमा’ उपन्यास सार्वजनिक

काठमाडौँ, २० पुस ।

ऋषिराम पाण्डेयको पहिलो उपन्यास ‘आत्माको अदालतमा’ सार्वजनिक भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुष २० गते वरिष्ठ साहित्यकार शीतल गिरिबाट पुस्तक विमोचन गरिएको हो ।

पाँच पोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा लेखिएको छ ।

अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्ने लेखक पाण्डेयले बताए ।

‘जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ’ उनले भने, ‘सनातन–मार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफास गर्छ र सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट