विद्यार्थीलाई बिदेश पलायन हुन नदिने सोच बनाएर काम गर्छौँ : मदन पुरी

भरतपुर, २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको अध्यक्षमा मदन पुरी निर्वाचित हुनुभएको छ । उहाँ रत्ननगरस्थित स्काइराइडर इङ्लिस स्कुलका प्रधानाध्यापक हुनुहुन्छ । शनिबार प्याब्सन कार्यालय भरतपुरमा सम्पन्न १६ औँ अधिवेशनबाट पुरी निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । समितिको बरिस्ठ उपाध्यक्ष पदमा टेकराज अधिकारी निर्वाचित हुनुभएको छ । अधिवेशन क्रममा यस […]

प्रलेस मकवानपुरको अध्यक्षमा विशाल अधिकारी

मकवानपुर, २० पुस । प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी सर्वसम्मत भएका छन् । प्रलेसको शनिबार भएको नवौं जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा लीला उर्वशी, सचिवमा गायत्री सुवेदी, सह-सचिवमा रमेश अविरल तथा कोषाध्यक्षमा विधान आचार्य सर्वसम्मत भएका छन् । समितिको सदस्यहरुमा राजकुमार चौधरी, नीलहरि ढुङ्गेल, सुर्यबहादुर गोले […]

‘आत्माको अदालतमा’ उपन्यास सार्वजनिक

काठमाडौँ, २० पुस । ऋषिराम पाण्डेयको पहिलो उपन्यास ‘आत्माको अदालतमा’ सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुष २० गते वरिष्ठ साहित्यकार शीतल गिरिबाट पुस्तक विमोचन गरिएको हो । पाँच पोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा लेखिएको छ । अध्यात्ममा प्यास […]

प्राडा यज्ञ अधिकारीको जीवन संघर्षबारेको पुस्तक सार्वजनिक

चितवन, २० पुस । प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन संघर्षबारेमा लेखिएका लेखहरुको संग्रह “लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा.यज्ञप्रसाद अधिकारी” विमोचन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले बुधबार भरतपुरमा पुस्तक विमोचन गर्नुभएको हो । सो अबसरमा थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताउनुभएको छ । […]

कैलास कोइरालाको `शास्त्र´माथि भरतपुरमा विमर्श

भरतपुर, २० पुस । नेपाली कांग्रेसका नेता तथा लेखक कैलास कोइरालाको दोस्रो उपन्यास `शास्त्र´को गृह विमोचन तथा विमर्श गरिएको छ । दियालो फूडल्यान्ड भरतपुर-२ क्षेत्रपुरमा गरिएको कार्यक्रममा लेखकका पिता मनोहरि कोइराला, प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल र कार्यक्रमका अध्यक्ष उदय अधिकारीले किताब विमोचन गर्नुभएको हो । सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रममा […]