ग्लोबल आइएमईकाे वार्षिकोत्सवमा बृहत् रक्तदान

भरतपुर, १८ पुस ।
ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । नारायणगढ शाखामा आयोजित कार्यक्रममा १७३ जनाले रक्तदान गरेकाे नारायणगढ शाखा प्रमुख राजन सुवेदीले जानकारी दिए ।

बैंकले वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशका शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढ शाखामा भएको रक्तदान कार्यक्रम वागमती प्रदेश रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । यो कार्यक्रम रगतको बढ्दो मागलाई सम्बोधन गर्न आयोजना गरेको बैंकले जनाएकाे छ ।

कार्यक्रमको उद्घाटन वागमती प्रदेश नारायणगढ क्लस्टर प्रमुख प्रवेश पाण्डेले गरेका थिए । कार्यक्रममा बैंकमा १५ वर्ष सेवा अवधि पूरा गरेका ७ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

ग्लोबल आइएमई बैंक नेपालको सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालय गरी एघार सयभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाका साथै विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको जनाएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्यमा बैंक सक्रिय रहेको क्लस्टर प्रमुख पाण्डेले जानकारी दिए ।

ग्लोबल आइएमई बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त अग्रणी वित्तीय संस्था हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट