विधिको शासन हुनुपर्छ भन्ने जेसीजमा व्यक्ति हाबी भएको आरोप

भरतपुर, १८ पुस । नारायणगढ लेडी जेसीजको मंगलबार सम्पन्न अधिवेशनको निर्वाचन प्रक्रियामा अनियमितता र असमान व्यवहार भएको भन्दै एउटा समूहले विरोध जनाएको छ । उनीहरूले अधिवेशनमा प्रमुख निर्वाचन आयुक्त र सहनिर्वाचन आयुक्तहरूको भूमिका र कार्यशैलीप्रति प्रश्न उठाएका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै ४७ जना वैधानिक सदस्य रहेको संस्थामा ३१ जनाको नामावली टाँस गरी […]
बागमती प्रदेश लिगको फाइनलमा काठमाडौं र दोलखा भिड्ने

मकवानपुर, १८ पुस । बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौं प्रवेश गरेकाे छ । फाइनल प्रवेशसँगै काठमाडौंले दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि रक्षाका लागि दोलखासँग भिड्ने भएकाे छ । प्रतियोगिता अन्तरगत बिहीबार भएकाे सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो […]
ग्लोबल आइएमईकाे वार्षिकोत्सवमा बृहत् रक्तदान

भरतपुर, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । नारायणगढ शाखामा आयोजित कार्यक्रममा १७३ जनाले रक्तदान गरेकाे नारायणगढ शाखा प्रमुख राजन सुवेदीले जानकारी दिए । बैंकले वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशका शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढ शाखामा भएको रक्तदान कार्यक्रम वागमती प्रदेश रक्तसञ्चार […]
हेटौंडाका विद्यालय मर्ज गर्न बुटवलमा अवलोकन

बुटवल, १८ पुस । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गर्दै मेघा विद्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक माविका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद […]
मोहनविक्रम सिंहको `का. जलजला´ माथि चितवनमा विमर्श

चितवन, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ माथि बिहीबार भरतपुरमा संवाद र समीक्षा गरिएको छ । अखिल नेपाल बुद्धिजीवी संघ, चितवनले आयोजना गरेको कार्यक्रममा ‘कामरेड जलजला’ माथि संवाद र समीक्षा भएको हो । कार्यक्रमका सहजकर्ता पत्रकार रमेशकुमार पौडेलले करिब पाँच लाख शब्द रहेको कामरेड जलजला उपन्यास लेखक […]
लायन्स क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

भरतपुर, १८ पुस । कालिका नगरपालिका- ३ बनकट्टामा रहेको श्री आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । विभिन्न ६ वटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा २०३ जना विद्यार्थीहरूको लागि जाडो मौसममा लगाउने न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको थियो । लायन्स क्लब अफ नारायणगढ बालकुमारीसहित लायन्स क्लब अफ हिमालयज पाटन, नारायणगढ़ दियालो, भरतपुर, चितवन सेन्ट्रल […]
दोलखा टाइगर टिम तिखाताल फाइनलमा प्रवेश
मकवानपुर, १८ पुस । मकवानपुरको हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको सेमिफाइनल खेलबाट दोलखा टाइगर टिम तिखाताल फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगितामा फाइनल प्रवेशका लागि समूह ‘ख’बाट सिन्धुली जिल्लाको ब्लु अल्पाइन क्लब र दोलखाको टाइगर टिम तिखातालबीच प्रतिस्पर्धामा दोलखाले फाइनलको यात्रा […]
पर्यटन प्रबर्द्धनमा जोड दिँदै पुस २५ गतेदेखि चितवन महोत्सव

चितवन, १८ पुस । नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म आयोजना हुन लागेको १५औँ चितवन महोत्सवमा पर्यटन प्रवर्धनलाई जोड दिइएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिइएको हो । ‘चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको छ’ महोत्सव संयोजक […]
पिडिजी स्पाउस फोरमद्धारा गडाम्दीमा नेत्रपरिक्षण शिविर

गैंडाकोट, १८ पुस । पिडिजी स्पाउस फोरमले बुधबार गैडाकोट-३ गडाम्दीमा निःशुल्क नेत्र परिक्षण शिविर सम्पन्न गरेको छ । फोरमले भरतपुर आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा श्री जनता आधारभूत विद्यालय गैंडाकोट- ३, गडाम्दीमा अध्ययनरत विद्यार्थी, अभिभावक र त्यहाँ कार्यरत शिक्षकशिक्षिका गरी १०५ जनााको आँखा परिक्षण गर्नुका साथै उनीहरुलाई आवश्यक औषधी र चश्मासमेत प्रदान गरेको छ । […]